काठमाडौं, 11 जनवरी 2022
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई आन्दोलनको रुपमा अघि बढाउने बताउनुभएको छ । मंगलबार काठमाडौंको सिंहदरबार अगाडी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै अर्को बर्ष राष्ट्रिय दिवसका रुपमा मनाउन आन्दोलनको रुपमा अघि बढ्ने बताउनुभएको हो । पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएकै कारण नेपाल रहेको तथा नेपालभित्र राष्ट्रपति र प्रधानमन्त्री रहेको भन्दै उहाले राष्ट्रनिर्माताको सम्मान गर्नु सबैको कर्तव्य भएको जिकिर गर्नुभयो ।









































