काठमाडौं, 12 जनवरी 2022
स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्। बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन्। आन्दोलनकर्मीहरुले नेपाल चाइना नाका खुल्ला गर, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर् लगायतका नारा लगाएका थिए।









































