HomeFeatureमहानगरीय अपराध महाशाखा द्वारा नजिता प्याकेजिङमा छापा

महानगरीय अपराध महाशाखा द्वारा नजिता प्याकेजिङमा छापा

काठमाडौं, 21 जनवरी 2022

महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ । महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठा स्थीत नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त गुणस्तरहीन ६०० केजी र ६ हजार ५०० केजी कच्चा पदार्थ र नक्कली मह बरामद गरेको छ । त्यस्तै नक्कली मह बनाउन प्रयोग हुने ग्लुकोज चीनी, लेवलेङ मेसिन लगाएतका सामाग्री पनि बरामद गरिएको महाशाखका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिनुभयो । अनुसन्धानमा श्रेष्ठले विगत ७ वर्षदेखि आफ्नो श्रीमतीको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन सञ्चालन गर्दै आएका थिए । त्यही कम्पनीका आधारमा उनले गुणस्तरहिन मह बिक्री गर्दै आएको प्रहरीले बताएको खुलेको कोईरालाले बताउनुभयो। पक्राउ परेका श्रेष्ठले काठमाडौं उपत्यका र पोखराका होटेल तथा रेष्टुरेन्टहरूमा थोक र खुद्रा वितरण गर्दै आएको खुलेको छ । उनले कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट गुणस्तरहीन कच्चा पदार्थ ल्याएर मह बनाउँदै गरेको महाशाखाले जनाएको छ । गुणस्तरहीन मह बनाउनका लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चीनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्च पदार्थ मिसावट हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...