24 जनवरी 2022
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौँ वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गर्नु भएको छ । आइतबार सुभाषचन्द्र बोसको १५९औँ जयन्तीको अवसरमा इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले सो घोषणा गर्नु भएको हो ।
प्रधानमन्त्री मोदीले भन्नु भयो ‘भारतले एक सयौँ स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौँ,’ । सन् २०४७ मा भारतले सयौँ स्वतन्त्रता दिवस मनाउनेछ ।
प्रधानमन्त्री मोदीले अहिलेसम्म भारतलाई हल्लाउने कुनै शक्ति विश्वमा नरहेको जिकिर गर्नु भयो । ‘स्वतन्त्र भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू । भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन’, उहाँले भन्नु भयो ।
सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पूरा गरेको मोदीले दाबी गर्नु भयो ।









































