25 जनवरी 2022
दक्षिण पश्चिम हैटीमा भूकम्पका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । ५.३ रेक्टर स्केलको सो भूकम्पमा परी थुप्रै मानिस घाइते भएका छन् भने भूकम्पका कारण २०० घर भत्किएका छन् । भूकम्पपछि थुप्रै साना साना पराकम्पनहरु आइरहेका छन् । राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको हो । भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन् भने ६०० घर तथा टहरामा क्षति पुगेको छ । भूकम्पमा घाइते ५० जनाको उद्दार गरिएको छ ।









































