25 जनवरी 2022
अमेरिकी एफ–३५ विमान दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको छ । पाइलट समयमै विमानबाट बाहिर निस्कन सफल भएको अंतराष्ट्रीय संचार माध्यमले जनाएको छ । पाइलटको अवस्था स्थिर रहेको छ भने, यस दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।









































