HomeFeatureभ्रष्टाचारमा नेपाल 117औं स्थानमा

भ्रष्टाचारमा नेपाल 117औं स्थानमा

दिल्ली, 25 जनवरी 2022

नेपालका राजनेताहरुले भ्रष्टाचारलाई काबूमा गरेको जति ढोल पीटे पनि अवस्था ठिक्क नेताको भनाई विपरीत देखिएको छ।  ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था यथावत छ । नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार देखिएको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था यथावत छ गत वर्षको जस्तै नेपाल सुशासनमा ११७औं स्थानमा देखिएको छ । उता मित्र राष्ट्र भारत भने यो मामिलामा 85औं वा स्थानमा रहेको छ। रिपोर्टअनुसार नेपाल बढी भ्रष्टाचार हुने देशहरुमध्येमा ३३ अंक पाएर ११७ औं स्थानमा परेको हो । १८० देशको अवस्था अध्ययन गरिएको थियो । नेपाल गत वर्ष पनि ३३ अंक पाएर र ११७ औं स्थानमा नै रहेको थियो,  यो वर्ष पनि सुधार नदेखिएको हो । नेपालको स्थान यथावत रहनुले भ्रष्टाचार नियन्त्रणमा खासै केही प्रगति हुन नसकेको ट्रान्सपरेन्सीको भनाइ छ । ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ’, प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार दक्षिण सुडान कुल १०० मा ११ अंक लिएर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको स्थानमा परेको छ । यसैगरी डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन्  नेपाल १०० अंकमा ३३ अंक लिएर मध्यम भ्रष्टाचार हुने मुलुकको सूचिमा रहेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...