HomeFeatureविदेशमा नेपालीलाई अलपत्र पार्ने दलालहरूलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्ध छौं: श्रेष्ठ

विदेशमा नेपालीलाई अलपत्र पार्ने दलालहरूलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्ध छौं: श्रेष्ठ

काठमाडौं, 26 जनवरी 2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरूले विभिन्न देशमा पुर्‍याइँ नेपाली युवाहरूलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे। नागरिकहरू ठगीमा परेका कारण आफ्ना गुनासोहरू सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि उनले आग्रह गरे । उनले दलालहरूबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरूको खोजि, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरूसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको जनाएका छन्।   ‘म मन्त्रालयमा आइसकेपछि श्रमीकहरूको हकहितको लागि असाध्यै जिम्मेवार तरिकाले लागेको छु । विभिन्न छड्के अनुगमनदेखि नयाँ नयाँ गन्तव्यहरूको खोजी कार्यदेखि लिएर, श्रम सम्झौता गर्नेदेखि लिएर विभिन्न देशका कुटनीतिक नियोगदेखि सबैसँग भेटघाटको क्रमलाई तीव्र बनाएका छौँ,’ उनले भने, ‘यसै सिलसिलामा केही दिनदेखि यूएईमा अलपत्र परेका कामदारहरूको विषयमा पनि सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको छ । दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौँ गुनासो आउने गरेको छ । वैदेशिक रोजगार ऐनविपरीत भिजिट भिसाको रूपमा श्रमिकहरूलाई अलपत्र बनाउने नाममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध छ । तत्काल यो समस्याको समाधान गर्न र यसलाई कसरी निर्मुल बनाउन सकिन्छ भनेर गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि ज्यूहरू सम्मिलित एउटा अधिकार सम्पन्न कार्यदल आजमात्रै हामीले गठन गरेका छौँ ।’ मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरूले प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...