दिल्ली, 27 जनवरी 2022
प्रवासी नेपाली एकता मंच (भारत) महाराष्ट्र-गुजरात संयुक्त राज्य समिति अन्तरगत पुना नगर समितीको विशेष विस्तारित बैठक सम्पन्न भएको छ। उक्त बैठकको अध्यक्षता लोकेश जैगडीले गरेका थिए भने, संचालन डम्बर जनालाको रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ उपाध्यक्ष भिम बहादुर भण्डारी र अतिथिमा केन्द्रीय महासचिव कटक शाही, केन्द्रीय सचिवालय सदस्य कालुसिंह लुहार, अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिव ललित बि.क., हाम्रो मंचका राज्य सदस्य मदन जैगडी, अमर जैगडी, टेक ब.जनाला, दल ब.विश्वकर्मा र अखिल भारत नेपाली एकता मंच राज्य सदस्य भुपाल तिरुवा रहनु भएको थियो । विस्तारित बैठकलाई स्वागत मन्तव्य रवि जैगडीले गरेका थिए । विस्तारित बैठकले 25 सदस्यीय रहने गरि पूना नगर समिति पुनर्गठन गरेको छ । जसमा अध्यक्षमा रबि जैगडी, उपाध्यक्षमा तपेन्द्र आउजी, सचिवमा डम्बर जनाला, कोषाध्यक्षमा पदम जैगडी, सह सचिवमा सुनिल बि.क. लगायत 19 सदस्यहरु रहनु भएको छ । सल्लाहकार समितिमा प्रमुख कालुसिंह लुहार, सदस्य, मदन जैगडी, लोकेश जैगडी, अजय ताम्राकार, टेक बहादुर जनाला, दल बहादुर विश्वक्रमा लगायत रहेका छन । प्रमुख अतिथि भण्डारी ले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई संघको विधानको पद तथा गोप्यनिताको सपथ ग्रहण गराउनु भएको थियो । सोहि दिन संगठनले पिम्पिरी चिंचोड नगर समितीको २१सदस्यीय रहनेगरी नया नगर समिति निर्माण पनि गरेको छ। चक्र सुनार अध्यक्ष र राजेश जैगडीको संचालनमा प्रमुख अतिथि भीम बहादुर भण्डारी र अतिथिमा केन्द्रीय सदस्य मदन बि.क, हाम्रो मन्चका राज्य सदस्य मदन जैगडी, राज्य सदस्य तथा पुना नगर समिति इन्चार्ज लोकेश जैगडी,पुना नगर समिति अध्यक्ष रबि जैगडी,सचिव डम्बर जनाला र नगर सचिवालय सदस्य जित ब.जनाला रहनु भएको थियो।









































