दिल्ली, 31 जनवरी 2022
विश्वका १५ देशमा भारतमा उत्पादन हुने निसान म्याग्नाइट निर्यात हुन थालेको छ। निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ। त्यसपछि भारतमा ७८ हजार ग्राहकले यसको बुकिङ गरेको र ६ हजार ३४४ म्याग्नाइट अन्य देशमा निर्यात गरिएको कम्पनीले जनाएको छ। तमिलनाडुस्थित निसानको चेन्नई प्लान्टमा उत्पादित निसान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा लन्च गरिएको थियो।









































