HomeFeatureनेपाल प्रहरीद्वारा भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड...

नेपाल प्रहरीद्वारा भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल, चार जना पक्राउ

काठमाडौं, 31 जनवरी 2022

नेपाल प्रहरीले भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ठूलो परिमाणमा महङ्गा मदिरा नेपाल भित्रिरहेको सूचनाका आधारमा प्रहरीले अप्रेसन लिमा सुरु गरेको थियो ।सो क्रममा २९६ कार्टुन मदिरा सहित चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका शैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिनुभयो । उहाले उक्त मदिराहरु बिशेषत पार्टी प्यालेशमा बिक्रि बितरण हुने गरेको पाइएको कोइरालाले बताउनुभयो। उनीहरुले बजार मूल्यभन्दा सस्तोमा मदिरा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराको गुणस्तर परिक्षणका लागी खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...