काठमाडौं, 8 फरवरी 2022
राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने निर्णय गर्नुभएको छ । पार्टी भित्र आफ्ना मुद्धाको कुनै सुनुवाई नभएको भन्दै पार्टीबाट अलग हुने निर्णय गरको उहाले बताउनुभएको छ । उहाले सामाजिक सञ्जालमा लेख्नुभएको छ , अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु।









































