HomeFeatureराजनीतिक दलहरुद्वारा एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

राजनीतिक दलहरुद्वारा एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं, 9 फरवरी 2022

एमसीोसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संसद बाहिर रहेका बिभिन्न राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको बिरोधमा बुधबार काठमाडौको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् ।  एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा  अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाई छ । उनीहरुले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसंग जोडिएको भन्दै राष्ट्रहित बिपरित गरको बताएका छन् । प्रदर्शनमा सहभागीहरुले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गर लगाएका नारा लगाएका थिए । नेकपा (माले), नेकपा (संयु्क्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, लगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् । एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...