दिल्ली, 9 फरवरी 2022
संगठन विस्तारलाई तीव्रता दिदै प्रवासी नेपाली संघ भारतले आफ्नो सांगठनिक ढांचालाई चुस्त दुरुस्त बनाउन थालेको छ। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति अन्तर्गत पर्ने कल्याण- डोम्मिवली नगर समिति को विस्तारित बैठक खड्कपाडा गार्डन्, कल्याण मा सम्पन्न गरेको छ। नगर समितिका उपाध्यक्ष बल बहादुर विक को अध्यक्षतामा, प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य टेक रावल “भीजन” को प्रमुख आति-थ्यता र संघ कै केन्द्रिय सदस्य बालकृष्ण ढकालको आति-थ्यतामा भएको विस्तारित भेलाको संचालन प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य सदस्य प्रेम सुन्दर शाहीले गरेका थिए। उक्त विस्तारित बैठकबाट मान बहादुर कार्की संयोजक, बल बहादुर विक, उप-संयोजक र सचिव चक्र बहादुर महता रहने गरि 15 सदस्यीय सम्मेलन आयोजक समिति गठन गरिएको छ।









































