HomeFeatureसरकारले घटायो चालु आर्थिक बर्षको बजेटको आकार, ८६ अर्ब ५५ करोड रुपैयाँ

सरकारले घटायो चालु आर्थिक बर्षको बजेटको आकार, ८६ अर्ब ५५ करोड रुपैयाँ

काठमाडौं, 10 फरवरी 2022

सरकारले चालु आर्थिक बर्षको बजेटको आकार ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्री जनार्दन शर्माले अर्धवार्षिरक समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८÷७९को बजेटको आकार घटाइएको जानकारी दिनुभएको हो । चालु बर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । यसमा स्थानीय तहको निर्वाचन, कोरोना खोप खरिद लगाएतका हुने खर्च समावेश गरिएको मन्त्रालयले जनाएको छ । सरकारले सुरुको विनियोजनबाट खर्च नहुने अनुमान गरिएको रकम घटाउन बजेट संशोधन गरेको हो । अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिने छ । अर्थमन्त्री शर्माले मुलुकका आर्थिक बृद्धिदरमा पनि सकारात्मक असर पर्ने र मुद्रास्थीति नियन्त्रणमा रहेको बताउनुभयो । त्यस्तै उहाले ९५.५ प्रतिशतले निर्यात बढेको र आयात ५१.१ प्रतिशतले बढेको जानकारी दिनुभयो । बिप्रषण आप्रवाह नेपाली मुद्रामा ५ दशमल ५ प्रतिशतले कमी आएको र सोधान्तर घाटा २ खर्व ४१ अर्व २३ करोड रहेको मन्त्री शर्माले बताउनुभयो ।  मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको जानकारी दिनुभयो । अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन भइरहेको उहाले बताउनुभयो । अर्थमन्त्री शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको तर्क गर्नुभयो । त्यस्तै उहाले हचुवाका भरमा आयोजनाहरुको छनौट गर्दा पनि पूँजिगत खर्चको समस्या भएको जिकिर गर्नुभयो । मनत्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्न विभिन्न नीतिगत उपाय अबलम्बन गरिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...