काठमाडौं, 24 फरवरी 2022
आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सुचित भएका ७ वटा सम्पदाहरुको सरसफाई अभियान सुरु हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियान सञ्चालन हुने जानकारी दिइएको हो । २५ दिने उपत्यका सफाई अभियानमा सम्बन्धित नगरपालिकाका मेयरहरुलाई बोलाउने अभियानको कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाई गदै आएको बताउनुभयो । सरसफाईको सुरुवात टोलबाट गरेपनि पछि काठमाडौं उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायत धेरै सफाई अभियान चलाउँदै आएको उहाले जानकारी दिनुभयो । त्यस्तै, मैतिदेवी वातावरण संरक्षण अभियानका संयोजक राजेश श्याम मिश्रले उपत्यका व्यापी सरसफाई सबैले आ–आफ्नो ठाउँमा रहेर मात्र सम्भव नभए पछि एकिकृत भएर उपत्यका ब्यापी सरसफाई अभियान सञ्चालन गर्न लागेको बताउनुभयो ।









































