HomeFeatureचितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने

चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने

काठमाडौं, 1 अप्रैल 2022

चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो ।  साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको दुरी करिन ६५ देखि ७० किलोमिटर हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनमा तीन विधामा प्रतिस्पर्ध हुनेछ । इलाइट महिला र पुरुष, मास्टर महिला र पुरुष, र भरतपुर विशेस अन्तर्गत चितवन जिल्लाका मात्र महिला पुरुषले सहभागिता रहने छ । नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको बिभिन्न भित्रि सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुने प्रतिष्ठानकी निर्देशक गंगा दाहालले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता खेलाडीले इलाइट महिला पुरुष दुवै तर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २५ हजार, पाचौं हुनेलाई २० हजार, छैठौंले १५ हजार, सातौँले १० हजार, आठौँले ८ हजार, नवौंले ७ हजार र दशौँ हुनेले ५ हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष मास्टरतर्फ ३० वर्ष भन्दा माथिका ब्यक्तिले सहभागिता जनाउने छन् । जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोलाई १५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...