HomeFeatureस्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको वातावरण बनाउन उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको वातावरण बनाउन उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, 5 अप्रैल 2022

उपराष्ट्रपति नन्दकिशोर पुनले स्वदेशी पूँजीलाई मुलुकभित्रै लगानीको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति पुनले केही पूँजीपतिहरु आफ्नो पूँजी बाहिर लैजान खोजेको भन्ने आफूले सुनेको भन्दै स्वदेशी पूँजीलाई स्वदेशमा उपयोग गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सरकारले समयमा नै सम्बोधन गर्नुपर्ने उहाको भनाई छ । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्षजनशक्ति उत्पादनको लागि तालिम केन्द्र लगाएत स्वरोजगार बनाउने काममा केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहाले दैनिक उपभोग्य वस्तु देखि ठूला निर्माण सामग्री समेत आयात गरिरहेका भन्दै यस्तो अवस्था जारी रहँदा अर्थतन्त्र सरकारात्मक बन्न नसक्ने धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...