HomeFeatureकंगोमा एक नेपाली सेैनिकको मृत्यु

कंगोमा एक नेपाली सेैनिकको मृत्यु

दिल्ली, 6 अप्रैल 2022

कंगोमा एक जना नेपाली सैनिकको मृत्यु भएको छ । विद्रोहीको गोली लागी एक जना नेपाली सैनिकको मृत्यु भएको हो । गोली लागी घाइते भएका ती सेनाको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ निवासी अनिल गुरुङ छन् । उनको 5 अप्रैल मंगलबार मृत्यु भएको हो । कंगोमा शान्ति स्थापनार्थ खटिएका नेपाली सेनामाथि विद्रोहीले आक्रमण गर्दा गुरूङ गोली लागी घाइते भएका थिए । घाइते उनलाई अज्ञात स्थानबाट हेलिकोप्टरमार्फत उपचारका लागि लगिए पनि बचाउन नसकिएको नेपाली सेनाले जनाएको छ । शान्ति स्थापनाजस्तो महा कार्यमा खटिएका उनको कर्तव्य पालनाकै सिलसिलामा मृत्यु भएको भन्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मृतक गुरूङप्रति उच्च सम्मान प्रकट गरेका छन् । साथै घटनाले सिंगो सेनालाई स्तब्ध पारेको भन्दै शर्माले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...