HomeFeatureएएफसी एसियन कप छनोटको तयारीका लागि फुटबल टोलीले प्रशिक्षण गरिरहेका छन्

एएफसी एसियन कप छनोटको तयारीका लागि फुटबल टोलीले प्रशिक्षण गरिरहेका छन्

काठमाडौं, 16 अप्रैल 2022

नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रशिक्षण गरिरहेका छन् । आगामी जुनमा आयोजना हुने छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने आशा खेलाडीहरुले राखेका छन् । फुटबल टिमका खेलाडीले यसपटकको प्रतियोगिता कठिन भएपनि आफुहरु लड्नका लागि जाने र सकारात्मक नजिताको आशामा रहेको बताए । नेपाली टोलीका उपकप्तान रोहित चन्दले टिमको फोकस एसियन छनोटमा रहेको र राम्रो योजनाहरु तयार भएको बताए । उनले नेपालले खेल्ने तीनै टिम बलियो भएको बताए । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो दिन नै नेपाल एशियन कपमा छनोट हुन नसक्ने बिषयमा उनले खेलाडीको हौसला बढाउन यस्तो धारणा आएको हुनसक्ने बताए । फुटबलको बिकासका लागि मुख्य ध्यान भनेको ग्रासरुटमा गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै टिमका खेलाडी सुजल श्रेष्ठले यसअघिको नजितालाई हेरेर नभई टिमलाई नयाँ ढंगले मजबुद बनाउदै अघि बढ्ने बताए । कोचका कुराले कन्फिडेन्स विल्डअप गर्न काम भएको उनले बताए । त्यस्तै खेलाडी नवयुग श्रेष्ठले आफुलाई पहिलाको फर्ममा आउन राम्रो मौका रहेको बताए । एएफसी एसियन कप छनोटमा नेपाल  समूह ’ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...