HomeFeatureनेपाली गैरआवसीय राजदूतले इरानका लागि बुझाए ओहोदाको प्रमाणपत्र

नेपाली गैरआवसीय राजदूतले इरानका लागि बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, 26 अप्रैल 2022

इरानका लागि गैरआवसीय नेपाली राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति इब्राहिम रईसीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । सोमबार आयोजित विशेष समारोहमा इरानको राष्ट्रपति भवनमा राजदूत अधिकारीले राष्ट्रपति रईसीसमक्ष ओहोदाको प्रमाण पत्र बुझाएका हुन् ।अधिकारी पाकिस्तानका लागि नेपाली राजदूत हुन् । इरानका राष्ट्रपति रईसीले ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै नेपाली जनताको प्रगति र समृद्धिको कामना गरेका छन्। सो क्रममा नेपाल र इरानबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउन आफूले इमान्दार भएर काम गर्ने बताएका छन् ।  राजदूत अधिकारीले साझा मुद्धाका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र इरान मिलेर काम गरिरहेको राष्ट्रपति रईसीलाई स्मरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...