HomeFeatureयुक्रेनी महिला युद्धकै बीच सगरमाथा चढ्न आइन्

युक्रेनी महिला युद्धकै बीच सगरमाथा चढ्न आइन्

दिल्ली, 30 अप्रैल 2022

रुसी आक्रमणविरुद्ध युद्ध लडिरहेको युक्रेनबाट जारी वसन्त ऋतुमा एक महिला आरोहीले आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने भएकी छिन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म यो सिजनमा सगरमाथा चढ्न ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । जसमध्ये युक्रेनबाट एक आरोही (महिला)को मात्र अनुमति जारी भएको विभागले जनाएको छ । यो सिजन रुस-युक्रेन युद्धका कारण कम मात्र यूरोपेली पर्वतारोही आरोहणमा आउने अनुमान गरिएको थियो । तर, यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएका छन् । विभागका अनुसार युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट ५ महिलासहित १७ जना आरोही सगरमाथा चढ्ने उद्देश्यले नेपाल आएका छन् । सगरमाथा चढ्न आउनेमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् भने शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएको तथ्यांक छ । दोस्रो नम्बरमा बेलायती नागरिक छन् । ४ महिला ३० पुरुष गरि बेलायतबाट ३४ जना आरोहीले अनुमति लिएका छन् । यो सिजन २१ जना नेपाली आरोही सगरमाथा जाँदैछन्, जसमध्ये ६ जना महिला छन् । भारतबाट २३ जनाले अनुमति लिएकोमा ८ जना महिला रहेको विभागको तथ्यांक छ । शुक्रबारसम्म २५ वटा हिमालमा आरोहण अनुमति जारी भएको छ । जसमध्ये सबैभन्दा धेरै सगरमाथामा छन् । ११ समूहका ८९९ आरोहीले विभिन्न हिमालमा चढ्न यो सिजनमा अनुमति लिएका हुन् । सगरमाथामा ३९ समूहका ३१६ जना आरोही जाने छन् ।  ल्होत्से हिमालमा ११२ जना आरोही जाँदैछन् । अमादब्लममा ९७, कंचनजंघामा ६८, नुप्त्सेमा ५७ र धौलागिरिमा २७ जनाले अनुमति लिएको विभागले जनाएको छ । हिमाल आरोहणमा जाने पर्वतारोहीबाट शुक्रबारसम्म कुल ४६ करोड ७५ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । रोयल्टी आउने सबैभन्दा ठूलो हिमाल सगरमाथा हो । सगरमाथाबाट यो सिजनमा ३९ करोड ५५ लाख रुपैयाँ रोयल्टी उठिसकेको छ । रोयल्टी धेरै संकलन वसन्त ऋतुकै आरोहण सिजनमा हुन्छ । किनकी अन्य सिजनमा कम आरोही आउने भएकाले सरकारले रोयल्टीमा छूट दिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...