काठमाडौं, 7 जून 2022
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफुलाई बद्नाम गर्न खाजेको बताउनुभएको छ । मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शुभाम्भ एवं शिलान्याश कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केहि नेताहरुले आफुले धेरै चलखेल गर्यो भनेर आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताउनुभएको हो । मन्त्री आलेले आफुलाई पदको कुनै लोभ नभएको भन्दै आफू मन्त्री छाड्न तयार रहेको जिकिर गर्नुभयो । आफूहरु ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने उहाले बताउनुभयो । उहाले वतास समूहबिरुद्धको मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको जिकिर गर्नुभयो । मन्त्री ओलीले पशुपति क्षेत्रको बिकासका लागि त्यहा भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।









































