HomeFeatureबर्दियामा आदेशबिनै गोली चलाइएको छ, छानबिन गरेर दोषीलाई कारबाही हुन्छ– गृहमन्त्री

बर्दियामा आदेशबिनै गोली चलाइएको छ, छानबिन गरेर दोषीलाई कारबाही हुन्छ– गृहमन्त्री

काठमाडौं, 7 जून 2022

गृहमन्त्री बालकृष्ण खाँणले बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रमा स्थानीयको प्रदर्शनमा गोली चलेको बिषयमा छानविन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले प्रदर्शनमा प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको र केहि घाइते भएको भन्दै उक्त घटनाको छानविन हुने बताउनुभयो । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए । मन्त्री खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएकाले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो । घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको उहाले जानकारी दिनुभयो । सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । त्यस्तै उहाले बाँकेमा भएको सामूहिक बलात्कारमा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो । घटनामा १६÷१७ वर्षका पुरुष समेत संलग्न भएको जानकारी आएको भन्दै उहाले यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने मागप्रति सकारात्मक रहेको जिकिर गर्नुभयो । बैठकमा सांसदहरुले बर्दियामा गृहमन्त्री, सिडियोले निर्देशन नदिदा पनि गोली चलाउनेलाई कारवाही हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...