HomeFeatureयातायात व्यवस्था बिभागद्वारा सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

यातायात व्यवस्था बिभागद्वारा सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, 7 जून 2022

यातायात व्यवस्था बिभागले २०७८ मंसीर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नविकरण भएका सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ । इम्बोस्ड नम्बर प्लेटका बिषयमा जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको जानकारी दिनुभएको हो । तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको भन्दै उहाले पूर्वाधार विस्तारको काम भइरहेको बताउनुभयो । पूर्वाधार तयार भएका बागमती र गण्डकी प्रदेशमा सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सहि नभएको उहाको भनाइ छ । उहाले इम्बोस्ड नम्बर प्लेट दुई सय मिटरको दुरीमा समेत देखिने दावी गर्नुभयो । बिभागले संसदले कानून कार्यान्वयनका लागि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई अघि बढाइएको भन्दै यसमा बिभागको कुनै नीति उदेश्य नरहेको उहाले बताउनुभयो । त्यस्तै बिभागले इम्बोस्ड नम्बर प्लेटका बारेमा अनावश्यक भ्रममा नपर्न समेत आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...