HomeFeatureकोरोना सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखापरेको छ:...

कोरोना सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखापरेको छ: आले

काठमाडौं, 15 जून 2022

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रपनि  आशालाग्दो देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा आएका प्रश्नको जवाफ दिदै मन्त्री ओलेले कोरोना भाइरसको सङ्क्रमणमा कमी आएसँगै नेपालको पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखापरेको बताउनुभएको हो । उहाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवधि बढाएसंगै पर्यटकको आवतजावतमा थप सहज भएको दावी गर्नुभयो । पर्यटकिय क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले यस क्षेत्रलाई आवश्यक सहुलियतको व्यवस्था गरेको उहाले बताउनुभयो । उहाले हवाई क्षेत्रलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राख्नुभयो । त्यस्तै  आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठूला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताउनुभयो । व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उहाँले बताउनुभयो । बञ्चरेडाँडामा सिसडोलको समस्या दोहोरिन नदिने गरी विसर्जन गरिने मन्त्री झाँक्रीले बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काठमाडौँ उपत्यकामा स्याटेलाइट सिटी बनाउन तयारी अघि बढाएको उहाँले बताउनुभयो । बाहिरी चक्रपथ बनाइने कुरा काममा परिणत हुन नसकेको उहाँको भनाइ थियो । उहाले सुरक्षित आवास र जनता आवास सशर्त कार्यक्रमका रुपमा प्रदेशमा गएको र त्यहाँको सञ्चित कोषमा रकम गएपछि कार्यक्रम सञ्चालन हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...