HomeFeatureनैनीतालमा आठ वर्षअघि भएको नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन जनालाई सजाय

नैनीतालमा आठ वर्षअघि भएको नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन जनालाई सजाय

दिल्ली, 30 जून 2022

भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालमा रहेको सेरउड कलेजमा आठ वर्षअघि भएको नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन जनालाई सजाय सुनाइएको छ।  नेपाली विद्यार्थी सान प्रजापतिको मृत्यु प्रकरणमा अदालतले कलेजका प्रधानाचार्यसहित तीनजनालाई दोषी ठहर गरेको हो। बुधबार नैनीतालस्थित जिल्ला अदालतले आठ वर्षपछि उनीहरूलाई जनही दुई वर्ष कैद र 50 हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको छ। अदालतले प्रधानाचार्य अमनदीप सन्धु, होस्टेल वार्डेन रवि कुमार र परिचारिका पायललाई दोषी ठहर गरेको हो।आठ वर्ष ढिलो भए पनि नेपाली विद्यार्थीको मुद्दामा न्याय मिल्दा खुसी भएको पीडितका आफन्तले बताएका छन्। मृतक सानकी आमा निना श्रेष्ठले पनि नैनीताल अदालतको फैसलाप्रति खुसी व्यक्त गरेकी छन्। ‘चर्च अफ नर्थ इन्डिया’द्वारा सञ्चालित सेरउड कलेजमा सानको 28 कात्तिक 2071 मा मृत्यु भएको थियो। कक्षा 9 मा अध्ययनरत उनको मृत्यु कलेजको लापरबाहीका कारण भएको भन्दै न्यायको माग हुँदै आएको थियो। नैनीताल अदालतमा यो मुद्दा घटनाको दुई वर्षपछि पुगेको थियो। सेरउड कलेजमा कक्षा ६ मा भर्ना भएका सान कक्षा ९ का विद्यार्थी थिए। त्यसवेला उपचार अभावमा उनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...