दिल्ली, 23 जुलाई 2022
बी पी कोइरालाको 40औं स्मृति दिवस भव्यताका साथ दिल्लीमा सम्पन्न भएको छ। 22 जुलाई का दिन नेपाली जनसम्पर्क समिति भारतको आयोजनामा दयाल मार्ग एन डि तिवारी भवन नयाँ दिल्लीमा बी पी कोइरालाको 40 औं स्मृति दिवस नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पान्डेको अध्यक्षतामा सम्पन्न भएको छ। विशेष अतिथि प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी, अखिल भारत नेपाली एकता मन्चका उप महासचिव आर बी खड्का लगायतले सो अवसरमा सम्बोधन गरेका थिए। अध्यक्ष पाण्डेले सम्बोधनमा जसरी भारतबाट बी पी ले मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएको थियो, सोही अनुरुप सबै नेपाली मेलमिलापको नीति लिएर भारतमा काम गर्ने बेला आएको छ भनेका थिए । प्रवासी नेपाली संघका केन्द्रीय अध्यक्ष लोक नाथ भन्डारीले अब सबै खाले आन्दोलन सकिएकोले सबै प्रबासका संस्थाहरु मिलि प्रबासी नेपालीहरुको हक हितको लागि आन्दोलनको रुपमै काम गर्नुपर्ने बताए। अखिल भारत नेपाली एकता मन्च भारतका केन्द्रीय उप महासचिव आर वि खड्काले भारत स्थित नेपाली राजदूतावास प्रबासी नेपालीहरुका समस्यामा संबेदनसिल नभएको गुनासो गरेका थिए। उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे, केन्द्रीय सदस्य नन्दी कुमारी न्योपाने , क्षेत्रीय अध्यक्ष सुनिता कुवर , महासचिव दयाराम रोकाया , अन्यपदाधिकारी, सदस्य, तरुण दलका युवा कार्यकर्ताहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन एल पी पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य सुनीता कुँवरले गरेकी थिइन।









































