काठमाडौं, 6 अगस्त 2022
नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्षमा विदेशी मुद्राको सञ्चिति शून्य अवस्थामा पुग्ने र मुलक श्रीलंकाको बाटोमा जाने बताए। मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्णरुपमा असफल भएको उनले बताए। यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको विकास सम्भव नरहेको उनले भनाइ छ। महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चुनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे। उनले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने उनले दाबी गरे। पोखरेलले समाजलाई बाटो देखाउने सामर्थ्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए।









































