Homeसमाचारप्रवासी नेपाली संघ भारत द्वारा गाजियाबाद तयारी नगर समिति गठन

प्रवासी नेपाली संघ भारत द्वारा गाजियाबाद तयारी नगर समिति गठन

दिल्ली, 17 अगस्त 2022

प्रवासी नेपाली संघ भारतले आफ्नो संगठन विस्तार गरेको छ। 16 अगस्तका दिन संगठनले उत्तरप्रदेश राज्य समिति अन्तर्गत पर्ने गाजियावाद तयारी नगर समिति गठन गरेको हो। नेशनल लाईभ टिभीलाई टेक बहादुर रावल भीजनले दिएको जानकारी अनुसार कार्यक्रमको अध्यक्षता भीम बहादुर साउदले गरेका थिए भने संचालन देउसिंह साउदले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथिमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य प्रमोद सिंह साउद क्षेत्री रहेका थिए। उक्त कार्यक्रममा गाजियाबाद तयारी नगर समिति भीम बहादुर साउद अध्यक्ष रहने र देव बहादुर साउद सचिव रहने गरि 35 सदस्यीय गाजियावाद तयारी नगर समिति गठन गरिएको छ। प्रमुख अतिथि प्रमोद सिंह साउद क्षेत्रीले प्रवासी नेपाली संघ भारत उत्तरप्रदेश राज्य समितिमा आबद्ध भएका साथीहरूलाई हार्दिक स्वागत गर्दै आगामी दिनमा राम्रो कार्य गरेर प्रवासी नेपाली संघ भारत लाई उच्च स्थानमा स्थापित गर्न सबैलाई अनुरोध गर्नुका साथै नवनिर्मित समिति लाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका थिए ! कार्यक्रममा बोल्दै उनले नेकपा एमालेले मात्र राष्ट्रलाई निकास दिनसक्ने हुनाले आगामी निर्वाचनमा पार्टीलाई भारी बहुमतले जिताउन अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...