HomeFeatureभारत पुर्‍याइएका १६ बालकको उद्धार

भारत पुर्‍याइएका १६ बालकको उद्धार

दिल्ली, 16 सितंबर 2022

भारतको कर्नाटकमा बौद्ध शिक्षा दिन भन्दै नाबालकलाई अबैध तवरले त्यता पुर्‍याउने गिरोह सक्रिय रहेको रहस्य खुलेको छ। एक जनालाई लगेबापत भारतीय गुम्बाले कमिसन दिने गरी नेपालमा उनीहरूका एजेन्टले काम गरिरहेका छन्।

सो कार्यमा तिब्बती नागरिकसमेत संलग्न रहेको पाइएको छ। नाका छलेर रुपन्देहीको जंगलको बाटो भारत पुर्‍याइएका 6 वर्षदेखि 14 वर्ष उमेरका १६ बालकलाई शान्ति पुनःस्थापना गृह ललितपुरको टोलीले बिहीबार उत्तर प्रदेशको बस्ती शहरबाट उद्धार गरेको छ।

 ‘बालकलाई भारत लैजान जिल्ला प्रशासन, जिल्ला प्रहरी, स्थानीय तह, परराष्ट्र मन्त्रालय कतैबाट अनुमति लिएको पाइएन’, बालकलाई परिवारको जिम्मा लगाउन नुवाकोटमा जाँदै गरेका गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले टेलिफोनमा भने, ‘रुपन्देहीको कक्रोहवामा खुला बोर्डरबाट बालकहरूलाई भारत पुर्‍याइएको रहेछ।’

 नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार भारतको देहरादुनमा मानव बेचबिखनबिरुद्ध काम गर्ने हेल्प क्रस ट्रस्ट नामको संस्थासँग समन्वय गरी उद्धार गरिएको संयोजक भट्टराईले सुनाए। उनका अनुसार भारतीय प्रहरीले एक नेपाली र तिब्बती नागरिकलाई नियन्त्रणमा लिएको छ।’

रौतहटका 11 देखि 16 वर्षसम्मका 6 नाबालक भारतमै छन्। उनीहरूको कागजात नभएकाले बिहीबार उद्धार हुन नसकेको हो।

 भट्टराईका अनुसार उद्धार गरिएकामध्ये सबैभन्दा धेरै नुवाकोटका 10 जना छन्। रसुवाका पाँच र कैलालीका एक जना छन्। उनीहरूमध्ये 3 जना 6 वर्षका छन्। एक जना मात्र 14 वर्षका छन्। अन्य 9 वर्षमुनिका छन्।

‘म नेपालगन्जको एउटा कार्यक्रममा थिएँ। 15–20 जना नेपाली नाबालकहरू भारतीय बस्ती सहरमा रेलमा बसिरहेका छन् भन्ने खबर आयो। हामीले त्यहाँको रेलवे प्रहरी फोर्सको सहयोगमा उद्धार गर्न सफल भएका हौं’,

उनले भने। त्यसपछि बच्चाहरूको घरपरिवारसँग समन्वय गरेको उनको भनाइ छ। भने, ‘जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्र्यालय नुवाकोट, रसुवा र कैलालीको पत्र र स्थानीय तहको सिफारिस र भारतीय दूतावासमार्फत हामीले उद्धारका लागि पहल गरेका हौं।’

अवैध रूपमा भारत पुर्‍याइएका बालकहरू उच्च जोखिममा रहेको निष्कर्ष संस्थाले निकालेको छ। ‘नेपालबाट अवैध बाटोबाट लगिएकाले नाबालकहरू उच्च जोखिममा हुन्छन्।

उनीहरूलाई बेचबिखन हुने खतरा पनि हुन्छ। यो शिक्षाका नाममा ठगी पनि हो। मानव बेखबिखन पनि हो’, भट्टराईले भने। यी बालकलाई भारतबाट रुपन्देहीको कृष्णनगर नाका हुँदै नेपाल ल्याइएको हो। दुई गाडीमा नुवाकोट, रसुवा र काठमाडौं लगिएको छ। नुवाकोट, रसुवा र कैलाली प्रहरीले घटनामा संलग्न गिरोहबारे खोजी गरिरहेको छ। नेपाली बालकलाई भारतीय गुम्बामा लगेर फ्री तिब्बत अभियानबारे प्रशिक्षण दिन खोजिएको आशंका सरोकारवालाको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...