HomeFeatureअपराध रोकथाम तथा नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई तालिमको आवश्यक : गृहमन्त्री खाण

अपराध रोकथाम तथा नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई तालिमको आवश्यक : गृहमन्त्री खाण

काठमाडौं, 23 सितंबर 2022

आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीहरूलाई नियमित एवं विशिष्टिकृत तालिमहरू प्रदान गर्न आवश्यक रहेको गृहमन्त्री बालकृष्ण खाणगृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतिस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण कार्य शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उक्त कुरा बताए । समारोहमा गृहमन्त्री खाण तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना काभ्रेको भूमि पूजन गरेका थिए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीच वर्षौँदेखि मित्रवत् सम्बन्ध रहेको बताउँदै भारतले नेपाल सरकारसँग मिलेर रेलको लिक बनाउने बताए । सुख्खा बन्दरगाह, अस्पताल, शैक्षिक संस्था निर्माणको काम पनि भइरहेको उनले जानकारी गराएका हुन ।

नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार निर्माणका साथै आगामी दिनमा तालिमका लागि भारतीय प्रहरी एकेडेमी र नेपाल प्रहरी एकेडेमीबीच थप सम्झौता हुनेमा आफू आशावादी रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणले गर्ने २५ वर्षदेखिको सपना साकार हुन लागेको बताए । परियोजनाको विस्तृत परियोजना रिपोर्ट अन्तिम चरणमा रहेको बताउँदै प्रतिष्ठान निर्माणको विषयमा आएका वातावरणीय समस्या समाधान उन्मुख रहेको बताए । भारतीय सरकारको अनुदान सहयोगमा निर्माण हुने प्रतिष्ठान निर्माणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणको क्रममा सन् २०१४ नोभेम्बर २५ मा प्रतिष्ठान निर्माणको सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...