HomeFeature  रोनाल्डो र मेसीलाई पछि पार्दै सर्वाधिक धनी फुटबलर बने एम्बाप्पे

  रोनाल्डो र मेसीलाई पछि पार्दै सर्वाधिक धनी फुटबलर बने एम्बाप्पे

8 अक्टूबर 2022

फुटबल खेलाडीमा केलियन एमबाप्पे सर्वाधिक आम्दानी खेलाडी बनेका छन् । फोब्र्सको पछिल्लो सुचीमा फुटबल खेलाडीमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन(पिएसजी) का युवा फरवार्ड एमबाप्पे रहेका छन् । पछिल्लो नौँ वर्षसम्म यो सूचीमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो रहने गरेका थिए। तर पहिलो पटक एमबाप्पेले दुई फुटबलरलाई पछि पारेका हुन्।

२३ वर्षे एमबाप्पेको आम्दानी १ सय २८ मिलियन अमेरिकी डलर रहेको छ। एमबाप्पेसँगै पिएसजीका अर्जेन्टिनी स्टार मेसीको आम्दानी वार्षीक १ सय २० मिलियन रहेको छ।

त्यस्तै, म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फर्वाड रोनाल्डो १ सय मिलियन अमेरिकी डलर सहित तेस्रो स्थानमा रहँदा पिएसजीका ब्राजिलियन स्टार नेयमार र लिभरपुलका मोहम्मद सलाह शीर्ष ५ मा रहन सफल भए। नेयमारको आम्दानी ८७ मिलियन र सलाहको ५३ मिलियन रहेको छ।

रोनाल्डो र मेस्सीभन्दा अघि सन् २०१३ मा सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडीमा इग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान डेभिड बेकह्याम रहेका थिए। एमबाप्पेले मेसी र नेमारलाई पछि पार्नुमा गत मेमा पिएसजीसँग आकर्षक तलबमा सम्झौता नविकरण गरेका थिए।

फोब्र्सका अनुसार सर्वाधिक आम्दानी गर्ने शीर्ष १० फुटबलर:

केलियन एमबाप्पे, पिएसजी र फ्रान्स:१ सय २८ मिलियनडलर
लियोनल मेस्सी, पिएसजी र अर्जेन्टिना: १ सय २० मिलियनडलर
क्रिस्टियानो रोनाल्डो, म्यानचेस्टर युनाइटेड र पोर्चुगल:१ सय मिलियन डलर
नेयमार, पिएसजीर ब्राजिल:८७ मिलियन डलर
मोहम्मद सलाह, लिभरपुल र इजिप्ट:५३ मिलियन डलर
अर्लिङ हालान्ड, म्यानचेस्टर सिटी र नर्वे:३९ मिलियन डलर
रोर्बेट लेवान्डोवस्की, बार्सिलोना र पोल्यान्ड:३५ मिलियन डलर
इडन हाजार्ड, रियल म्याड्रिड र बेल्जियम:३१ मिलियन डलर
आन्द्रे इनियस्टा, भिसेल कोबे र स्पेन:३० मिलियन
केभिन डि ब्रुएने, म्यानचेस्टर सिटी र बेल्जियम: २९ मिलियन

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...