काठमाडौं, 30 दिसम्बर 2022
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई पत्र पठाएका छन् ।
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका भएपनि उनले फेरि आधिकारीक रुपमै पत्रमार्फत बधाई दिएका हुन् ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मोदीले पठाएको बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत श्रीवास्तवबीच दुई देशको सम्बन्ध लगायतका विषयमा छलफलसमेत भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।









































