HomeFeatureराजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको गौतमको टिप्पणी

राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको गौतमको टिप्पणी

काठमाडौं, 13 जनवरी 2023

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन्। आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को चुनाव र भर्खरै सम्पन्न चुनावमा पनि गठबन्धन गरियो, जसले गर्दा नागरिकले कुन दल र कस्ता एजेन्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ।’

गौतमले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गरे । गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको पनि बताए । उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा समेत दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...