HomeFeatureहालको सत्ता गठबन्धन, वाम–दक्षिणपन्थी खिचडी गठबन्धन: नेपाल

हालको सत्ता गठबन्धन, वाम–दक्षिणपन्थी खिचडी गठबन्धन: नेपाल

काठमाडौं, 4 फरवरी 2023

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालको सत्ता गठबन्धनलाई वाम–दक्षिणपन्थी खिचडी गठबन्धनको संज्ञा दिएका छन् । काठमाडौँमा जारी पार्टीको पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले अहिलेको सत्ता गठबन्धन खिचडी प्रकृतिको रहेको बताउँदै यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी केन्द्र र गणतन्त्रको विरोधी एवं हिन्दू राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, सङ्घीयताको पक्षधर जसपा र सङ्घीयता विरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका उल्लेख गरेका छन् । उनले हालको सत्ता गठबन्धन दल प्रगतिशील चरित्रको नभएको उल्लेख गर्दै यसको वैचारिक धरातल र राजनीतिक गन्तव्य केही पनि स्पष्ट नभएको बताए । निर्वाचनबाट मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको उल्लेख गर्दै स्थापित राजनीतिक दलहरूको जनमत आम रूपमा घटेको र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपाको जनमत बढेको पनि बताएका छन् । स्पष्ट सिद्धान्त, विचार र कार्यदिशा केही नभएको केवल पुराना पार्टी र तिनका नेतालाई गाली गरेर उदाएको रास्वपा, विगतमा पृथकतावादी गतिविधि चलाएका सिके राउतको जनमत पार्टी र थारु पहिचानको माग उठाएका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी समेत नयाँ शक्तिको रूपमा अस्तित्वमा आएको उनले उल्लेख गरे ।  उनले अहिलेको सरकार दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यबाट सुरु भएको प्रतिगमनकारी यात्राकै परिणाम रहेको उनको भनाई छ । सरकारको सुरुवाती कामले नै जनतामा नकारात्मक प्रभाव पर्न थालेको र  गठबन्धनभित्रै पनि मतभेद र असन्तुष्टि देखापरेको बताएका छन् । यसले  राजनीतिक वृत्तमा एक प्रकारको अन्योल सिर्जना भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...