काठमाडौं, 3 मार्च 2023
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जातजाति हेरेर मतदान गर्न नहुने बताएका छन् ।
शुक्रबार ८ दलीय गठबन्धनले बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले जातजाति हेरेर भोट हाल्न नहुने बताएका हुन्।
‘एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको तपाई हामीलाई पनि भ्रम सिर्जना गर्ने टाइपका कुरा आएका छन्’ उनले भने, ‘भुलवश कुनै पनि साथीले यस्ता कुरालाई आधार बनाएर भोट हाल्ने कुरा हुन दिन हुँदैन ।’
उनले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै रहेकाले सो पार्टीका संघीय र प्रदेश सांसदले अन्य उम्मेदवारलाई मत दिन नहुने बताए ।









































