HomeFeatureनेपालद्वारा पपुवा न्युगिनी ९ विकेटले पराजित

नेपालद्वारा पपुवा न्युगिनी ९ विकेटले पराजित

काठमाडौं, 13 मार्च 2023

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । पपुवा न्यु गिनी पीएनजी ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमासँगको खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो । ओपनिङमा गएका आशिफ शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन् । त्यस्तै उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए । त्यस्तै कुशल मल्ल १३ बलमा १२ रनसहित अविजित रहे । खेलमा प्लेयर अफ द म्याच सन्दीप लामिछाने भएका छन् । लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशी र कुशल मल्लले २/२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए । त्यस्तै पपुवा न्युगिनीका तर्फबाट असद भालाले सर्वाधिक २० रन बनाए । आजको खेलको प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल‚ आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप लामिछाने‚ करण केसी‚ भीम सार्की, आरिफ शेख र कुशल मल्ल रहेका छन् । आइतबार यूएईसँगको खेलमा प्लेइङ ११ मा परेका गुल्शन झाको स्थानमा करण केसी आएका छन् ।

आइतबार भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित हात पारेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ । गत बिहीबार नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...