काठमाडौं, 20 मार्च 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट यति छिटै पुन: विश्वासको मत लिनुपर्छ भन्ने आफूले नसोचेको बताएका छन् । आज सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्दै प्रचण्डले उक्त कुरा बताए ।
राजनीतिक स्थिरता दिने योजनाका साथ अगाडि बढेकोमा राष्ट्रपतिमा राष्ट्रिय एकता कायम गर्ने आफ्नो प्रयासपछि एमाले र राप्रपाले साथ छोडेर अस्थिरता निम्ताएको उनको भनाइ थियो ।
सरकार गठनका क्रममा विगतका मतभेदलाई नउठाउने सहमति भएको तर नेकपा एमालेले त्यसलाई पालना नगरेको प्रचण्डको आरोप छ ।









































