काठमाडौं, 20 मार्च 2023
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको संस्कृतिको विकल्प नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीमा एक मात्र दलले प्रतिनिधिसभामा बहुमत ल्याउन नसक्ने अवस्था छ । त्यसैले गठबन्धनको संकृतिलाई आत्मसात् गर्नुपरेको छ । त्यसैले हामीले उठाएको गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन ।’
यद्यपि मिश्रित निर्वाचन प्रणालीले समावेशी समाज निर्माण गर्ने उदेश्यलाई सार्थकम तुल्याएको उनको भनाइ थियो । पुस ३६ गते पनि संविधानको रक्षा र स्थिरिताका लागि सरकारलाई विश्वासको मत दिएको भन्दै अहिले पनि त्यसको पक्षमा उभिने उनले बताए ।









































