HomeFeatureप्रचण्डले ड्राइभरले जस्तै गाडी फेरे लिङ्देनको टिप्पणी

प्रचण्डले ड्राइभरले जस्तै गाडी फेरे लिङ्देनको टिप्पणी

काठमाडौं, 20 मार्च 2023

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफालेको टिप्पणी समेत गरे। पटक–पटक गाडी फेरिरहेकाले अनुभवी भनेर आफूहरुको नयाँ गाडी प्रचण्डलाई चलाउन दिएको तर उनले छोडेर हिँडेको लिङ्देनको भनाइ छ। प्रचण्ड गत पुस १० मा राप्रपा लगायतका दलसँग सत्ता साझेदारी गर्दै प्रधानमन्त्री भएका थिए।

“प्रधानमन्त्रीज्युलाई नयाँ गाडी हाक्ने जिम्मेवारी दिएको थियो । गाडी पनि हाइड्रोजन गाडी नै थियो,” लिङ्देनले भने, “तर, प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भन्नुभयो, हामीले के भन्ने ?”

उनले आफूहरुले धोका दिएको नभएर प्रधानमन्त्रीले नै धोका दिएको बताए ।

“हामी त तपाईँलाई अघि लगाएर देशको मुहार बदल्न प्रतिबद्ध थियौँ । तर, तपाईँ पुरानै गठबन्धन भनेर फर्कनुभयो । अलिकति भए पनि नैतिकता बाँकी राखौँ भनेर हामी त त्यही दिन सरकारबाट बाहिरिरिएर समर्थन फिर्ता लिएका थियौ,” लिङ्देनले भने, “हामी बाहिरिएर सरकारले आशातीत सफलता हासिल गरेन भन्नुभयो । धेरै कामहरु त हामी हुँदै भएका छन् नि !”

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई अर्को यात्राका लागि शुभकामना पनि दिए। प्रचण्डले नयाँ गठबन्धन बनाएको दिन आफूहरु त्यो रात गाह्रो भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...