HomeFeatureम नै प्रधानमन्त्री भएको बेलामा मिटरब्याज पीडितको समस्या समाधान गर्नुछ: प्रधानमंत्री प्रचण्ड

म नै प्रधानमन्त्री भएको बेलामा मिटरब्याज पीडितको समस्या समाधान गर्नुछ: प्रधानमंत्री प्रचण्ड

काठमाडौं, 1 अप्रैल 2023

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मिटरब्याज पीडितको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताएका छन्।शनिबार बिहान मिटरब्याज पीडितहरूसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बित्तिकै मिटरब्याजी समस्या समाधानका लागि ऐन बनाउन निर्देशन दिएको र अहिले त्यो पूरा हुने चरणमा रहेको बताए। उनले अहिले गृहमन्त्री पनि आफू नेतृत्वकै पार्टीले पाएको र गृहमन्त्री पनि मिटरब्याज समस्याको समाधानका लागि गम्भीर रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले पीडितहरूलाई तत्काल राहत हुने र दीर्घकालसम्म पनि हुनेगरी समस्याको समाधान गरिने बताए।‘ म नै प्रधानमन्त्री भएको बेलामा यो समस्याको दिर्घकालीन ढंगले समस्या समाधान गर्नुछ। तत्काल पनि केही गर्नुछ,’ उनले भने।

मिटरब्याज समस्याको तत्काल समाधानका लागि केहीदिन अघि मात्रै  उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको प्रधानमन्त्रीले जानकारी गराए।

प्रधानमन्त्रीले मिटरब्याजी साहुकारहरूलाई तत्काल फिल्डमा गएर सिधै कारबाही गर्न सक्ने न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने अधिकारसम्पन्न आयोग बनाइने आश्वासन दिए।

‘त्यो प्रक्रिया अगाडि बढिसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले आफू प्रधानमन्त्री भएको बेलामा मात्रै यी समस्या समाधान हुनसक्ने भएकाले नै आफू यसमा गम्भीर ढंगले लागेको बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...