काठमाडौं, 7 अप्रैल 2023
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता शर्माले उक्त कुरा बताए। उनले कर्णाली प्रदेश सरकारबारे छिट्टै केन्द्रीय गठबन्धनले आधिकारिक निर्णय लिने बताए । प्रदेशमा कांग्रेससहितको सत्ता साझेदारबीच नै सहकार्य हुने उनले प्रस्ट पारे । नेता शर्माले माओवादीकै एजेण्डामा देश अघि बढेपनि पार्टी कमजोर हुनुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले केन्द्रमा कांग्रेसले मन्त्रीहरूको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको प्रस्ट पारेका छन्।









































