काठमाडौं, 18 अप्रैल 2023
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरज्याजपीडितमाथि सरकारले गरेको दमनप्रति आपत्ति जनाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटरव्याजपीडितमाथि सरकारले गरेको दमनको समेत आलोचना गरे ।
‘यो देशमा कुनै पनि नागरिक अन्यायमा पर्नु हुँदैन । कोही पनि हेपिनु हुँदैन’ उनले भने–‘तर,राज्य निमुखाहरूप्रति उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरब्याज पीडितहरूलाई दमन गर्न उत्रिनु निन्दा र भर्त्सना योग्य कुरा हो।’
उनले सरकारले मिटरव्याजपीडितको समस्या समाधान नगरे सडक संघर्षमा जाने घोषणा गरे । उनले यदि सरकारले मिटरव्याजपीडितको समस्या समाधान छिटो नगरे आफु पनि सडक संघर्षमा जाने समेत बताए।









































