काठमाडौं, 21 अप्रैल 2023
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन्। उनले सरकारले समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए । उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए ।
‘सरकारले अर्थतन्त्रमा देखिएको सिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल अर्थतन्त्रमा देखा परेका समस्या समाधान गरी मुलुकको समृद्धिको यात्रा तय गर्नु हो,’ उनले भने, ‘त्यसैले सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ, वर्तमान अर्थतन्त्रमा देखा परेका समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षहरूसँग गम्भिर छलफलको सुरुवात गरेको छ ।’
गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए। उनले सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने उल्लेख गरे।
उनले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताए। उनले अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजानसक्ने विश्वास व्यक्त गरे।









































