HomeFeatureनीति नभएको वर्तमान सरकारले देशलाई अस्थिरतातर्फ लगेको ओलीको टिप्पणी

नीति नभएको वर्तमान सरकारले देशलाई अस्थिरतातर्फ लगेको ओलीको टिप्पणी

काठमाडौं, 2 मई 2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति नभएको वर्तमान सरकारले देशलाई अस्थिरतातर्फ लगेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित मिशन ग्रासरुट अभियान अन्तर्गत सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई समाप्त गर्न खोजिएको आरोप लगाएका हुन् । उनले जनतालाई एमालेको विरुद्ध उचालेको दावी समेत गरे ।

उनले भने, ‘देशमा राजनीतिक स्थिरताको स्थिति छैन । अस्थिरता तर्फ देश गएको छ । जानी बुझिकन पनि हामीमाथि केही कुराहरु जनतालाई अलमलाएर थोपरिए । जुन कुरालाई हामीले स्वीकार्न बाध्य भयौं । नीति नभएका चार तिर फर्किएका तत्वहरु मिलेर सरकार जनाउनु पर्ने अवस्था छ । त्यो भनेको देश नीति हिनतामा जाने नै भयो ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले ५१ प्रतिशत सिट जित्ने दाबी समेत गरे।  एमालेसँग प्रतिस्पर्धा गर्नसक्ने कुनै पार्टी नभएको उनले दाबी गरे ।

‘हामी सुद्रृढ भएको ठाउँमा पनि हारियो, के कारणले भन्ने समीक्षा गर्नुपर्छ । आगामी निर्वाचनमा ५१ प्रतिशत भन्दा बढी ल्याउनु पर्छ । एमाले योसँग मिल्ने कि त्यो त्यान्द्रो समाउने कि ? त्यसो होइन । एकल बहुमत ल्याउन सक्ने पार्टी बनाउछौ’ ओलीले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकारले निकै नै लज्जास्पद काम गरेको दावी गर्दै आफ्नो भ्रष्टाचार छोप्न एमालेलाई भ्रष्टचारी बनाएको आरोप लगाए । आफ्नो बल र बुतामा एमाले निरन्तर अगाडि बढिरहने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...