काठमाडौं, 3 मई 2023
मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि भनिएको अध्यादेश जारी भएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन्।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा अपराध मान्ने गरी कानुन संशोधन गर्न लागेको छ। अहिले सांसद नभएकोले सरकारले अध्यादेश ल्याएको हो। सांसदको बजेट अधिवेशन वैशाख २४ गतेका लागि आह्वान गरिएको छ।









































