HomeFeatureनक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहोदा संलग्न भएपनि छुट्नु हुँदैन: थापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहोदा संलग्न भएपनि छुट्नु हुँदैन: थापा

काठमाडौं, 4 मई 2023

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धाननमा गृह प्रशासनको प्रयास प्रश‌ंसनीय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले सो प्रकरणमा अझै गहिरो अनुसन्धान र संलग्न जोसुकै, जेसुकै ओहदा र शक्तिको भए पनि कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।  यो प्रकरणमा बहालवाला सचिवदेखि पूर्व उपप्रधानमन्त्रीसम्म पक्राउ परेपछि गगनको यस्तो प्रतिक्रिया आएको हो। उनले यो ठगी प्रकरण घटना नभएर प्रवृत्तिको रुपमा देखा परेको बताए ।

‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ,’ उनले लेखेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो ।अझै गहिरोसँग अनुसन्धान होस् ।कोही नछुटून् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुन भन्दा माथि कोही हुँदैन ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...