काठमाडौं, 9 मई 2023
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन् ।शर्माले नक्कली शरणार्थी प्रकरणमा अनुसान्धानका लागि ‘फाइल’ मात्र होइन ‘फायर’ नै खोल्नुपर्ने बताएका छन्।मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडा नीति लिनुपर्ने यस्तो बताएका हुन् । ‘भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्याउनुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध राज्यले फाइल मात्रै होइन फायर खोल्नुपर्छ ।’
तर, भ्रष्टाचारविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने उनको भनाइ छ । नक्कली शरणार्थी प्रकरणमा नेकपा एमाले सचिव टोपबहादुर रायमाझीको फरार रहेका छन् भने उनका छाेरा सन्दीप भने पक्राउ परिसकेका छन्।









































