नेपालले लिने बास्केटबल च्याम्पियनसिपमा भाग
काठमाडौं, 9 जुन 2023
नेपाली पुरुष राष्ट्रिय बास्केटबल टोलीले अर्को सातादेखि माल्दिभ्समा सुरु हुने फाइभ नेसन्स मेन्स बास्केटबल च्याम्पियनसिपमा भाग लिने भएको छ । १२ खेलाडीसहितको टोली च्याम्पियनसिपमा भाग लिन सोमबार त्यसतर्फ जाने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवहाक अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । च्याम्पियनसिपका लागि एक महिनादेखि बास्केटबलका मुख्य प्रशिक्षक दीनेश नकर्मीले प्रशिक्षण दिइरहेको बताइएको छ । नेपाली टोलीका कप्तान सदिश प्रधानले लामो समयपछि अन्तर्राष्ट्रिय खेलमा फर्कदा र लामो समयको प्रशिक्षण रहेकाले यसपटक स्वर्ण पदक जित्ने सक्ने लक्ष्य रहेको बताए ।

च्याम्पियनसिप नेपालसहित आयोजक माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तानको सहभागिता रहने संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । राउन्ड रोविन लिगपछि शीर्ष ४ टोली सेमिफाइनल प्रवेश गर्नेछन् । च्याम्पियनसिप जेठ ३१ देखि असार ७ गते सम्म हुनेछ ।
सोही अवसरमा अध्यक्ष गुरुङले रिम्पोछे, राष्ट्रिय खेलकुद परिषद, प्रायोजक, खेलाडी र सरोकारवालालाई धन्यवाद दिए । लि निङले नेपाली राष्ट्रिय बास्केटबल टोलीलाई प्रायोजन गर्दै आएको छ । नेपालका लागि लि निङको आधिकारिक विक्रेता चाइना ट्रेडका राजन महर्जनले टोलीलाई इतिहास बनाउने मौका रहेको र उपाधि जितेर फर्किन शुभकामना समेत दिएका छन् ।
नेपाली राष्ट्रिय बास्केटल टोली
सदिश प्रधान (कप्तान) , विनोद महर्जन, विजय बुर्जा, निकेश रखाल मगर, मविन्द्र भण्डारी, अजय कुशवाहा, दिवेश्वर शाह, आयुष सिंह, निश्चल महर्जन, अशिम श्रेष्ठ, श्रेयस बहादुर शाह
प्रशिक्षक – विपिन कपाली, नृपेश श्रेष्ठ
व्यवस्थापक – सुशिल गुरुङ









































